लाक्पा १० औं पटक सगरमाथामा

  हिमाल समाचार
91 Shares

संखुवासभाकी ४८ वर्षीया लाक्पा शेर्पा बिहीबार बिहान १० औं पटक सगरमाथा चुचुरोमा पुगेकी छन् ।

०७५ जेठ २ गते तिब्बततर्फको उत्तरी मोहोडाबाट नवौं पटक सगरमाथा आरोहण गरेकी लाक्पाले बिहीबार बिहान साढे ६ बजे सगरमाथा चुचुरोमा पाइला राखेको सेभेन समिट एडभेन्चर प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले बताए ।

उनी सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्वकै एक्लो महिला हुन् । तीन सन्तानका साथ हाल अमेरिकाको कनेक्टिकटमा बस्दै आएकी लाक्पा पछिल्ला वर्ष आफ्नै रेकर्ड ब्रेक गर्दै आइरहेकी छन् । यसअघि उनलाई नवौं पटक सगरमाथा आरोहण गर्दा अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारी क्लिन्टनले शुभकामना सन्देश दिएकी थिइन् ।

२६ वर्षको उमेरमा २०५७ जेठ ५ गते पहिलोपटक उनले सगरमाथा आरोहण गरेकी लाक्पा हरेक वर्ष ‘विश्वभरका महिला पुरुष भन्दा कम छैनन्’ भन्ने नारा लिई आरोहणमा जाने गर्छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार