रामेछापका दुइ स्थानमा राेकिएकाे मतदान सुरू

रामेछाप- नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको विवादका कारण स्थगित भएको मतदान फेरि सुरु भएको छ ।

मतदान केन्द्रमा दुई पक्षबीच विवाद हुँदा खाँडादेवी गाउँपालिका–१ राकाथुम मतदान केन्द्र र दोरम्वा शैलुङ्ग गाउँपालिकाको मानपुर मतदान केन्द्रमा मतदान रोकिएको थियो । प्रहरीले ८ राउण्ड हवाई फाएर गरेको थियो ।

दुवै ठाउँमा मतदान अधिकृतले उम्मेदवारहरूलाई राखेर छलफल गरेपछि विवाद मिलेको र मतदान फेरि भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार