महाकुलुङ १ मा कांग्रेसका पर्खिधन राईको प्यानलै विजयी

  हिमाल समाचार
1k Shares

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ मा नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार पर्खिधन राईको प्यानलै विजयी भएको छ ।

शनिबार दिउँसो सम्पन्न वडा नं १ मतपरिणाम अनुसार पर्खिधन राईले ६४६ मत ल्याएर विजयी बनेका हुन् । उनीसहित देवनारायण राई, कर्मा शेर्पा, इन्द्र कुमारी राई र हिरामाया विक विजयी भएका हुन् ।

वडाअध्यक्ष राईका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी निर कुमार कुलुङले ४४३ ल्याए भने नेकपा एमालेका उम्मेदवार तिमल कुमार राईले २३४ मत पाएका छन् । १३९८ मत गणना हुदा कांग्रेसका पालिका उम्मेदवारको अग्रता छ ।

कांग्रेसका सुर्य कुलुङले ६१० मत ल्याउदा माओवादीका सागर किराँतीले ४९२ मत पाएका छन् । एमालेका भक्त राईले २०७ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार