कुइभीरमा उषक कटवालको प्यानलै विजयी

  हिमाल समाचार  236 पटक हेरिएको

ओखलढुंगाको चिसंखुगढी गाउँपालिका १ कुइभीरको वडाअध्यक्षमा उषक कटवाल निर्वाचित भएका छन् ।

बैशाख ३० को निर्वाचनमा खसेको मत गणनामा कटवालले ३४७ मतसहित वडाअध्यक्षमा निर्वाचित बनेका हुन् ।

उनी २०७४ मा पनि सोही वडामा अध्यक्षमा निर्वाचित भएका थिए । कटवालसँगै कुइभीरमा प्यानलै विजयी बनेको छ ।

सो वडाबाट पालिका अध्यक्षका उम्मेदवार निशान्त शर्मालाई ५२१ र उपाध्यक्षका उम्मेदवार सन्तोषबाबु थापाले ३९९ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार