सोलुखुम्बुको सोताङ गाउँपालिका २ का नेकपा एमालेले जित निकालेको छ ।
शनिबार साँझ सम्पन्न मतगणनामा एमालेका उम्मेदवार श्याम कुमार राईको प्यानलै विजयी भएको छ ।
४८९ मत गणनामा राईले २०२ मत ल्याएर जित पक्का गरेका हुन् । सो वडामा माओवादीका उम्मेदवारले १६३ र कांग्रेसका उम्मेदवारले ९० मत ल्याएको छ । यो एमालेले जित हात पारेको पहिलो वडा हो ।
यसअघि नेपाली कांग्रेसले लिखुपिके १ र ५, सोताङ १ र महाकुलुङ १ जितिसकेको छ ।