थुलुङ दुधकोशीमा अध्यक्षमा असिम राईको अग्रता कायमै

  हिमाल समाचार  248 पटक हेरिएको

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार असिम राईले अग्रता कायमै राखेका छन् ।

नौ सय गणना गर्दा ३६२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार वीर बहादुर गुरुङले ३२९ मतसहित पछ्याउदैछन् ।

नेकपा एमालेका अध्यक्षका उम्मेदवार आङबाबु राईले १३३ मत मात्र पाएका छन् । उपाध्यक्षमा कांग्रेसकी एका कुमारी बस्नेत अघि देखिएकी छिन् ।

उनले ३१६ मत पाउँदा माओवादीकी सविता राईले ३१४ मत ल्याएकी छिन् । एमालेकी कल्पना गिरी बस्नेतले १६५ मत पाएकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार