भक्तपुर नगरपालिकाकाे परिपत्र: साविककै अनुसार विद्यालय संचालन गर्नु

  हिमाल समाचार
28 Shares

काठमाडौं- भक्तपुर नगरपालिकाले आफू मातहतका विद्यालयमा दुई दिन सार्वजनिक बिदा नदिने भएको छ ।

नगरपालिकाको शिक्षा शाखाले आइतबार सबै विद्यालयहरूलाई एक परिपत्र गर्दै हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने निर्णय गरेको हो ।

सरकारले जेठदेखि परीक्षणका रूपमा शनिबार र आइतबार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । शिक्षा मन्त्रालयले भने शुक्रबार पूरा दिन पढाएर शनिबार र आइतबार बिदा दिन परिपत्र गरेको थियो ।

यद्यपि,कक्षा १२ सम्मको विद्यालय स्थानीय सरकारको मातहतमा पर्ने भएकाले स्थानीय तहले आवश्यकताअनुसार निर्णय गर्नसक्ने अधिकार दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार