सोलुदुधकुण्डमा आङ काजी भन्दा नाम्गेल जाङ्बु ६२० मतले अघि

  हिमाल समाचार
5.4k Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नाम्गेल जाङ्बु शेर्पाले ६ सय २० मतको अग्रता कायम गरेका छन् ।

नगरपालिकाको वडा नम्बर १, २, ३, १० र ११ को मत गणना भईसक्दा मेयरमा कांग्रेसका नाम्गेल जाङ्बु शेर्पाले २३११ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका आङ काजी शेर्पाले १६९१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सन्तोष प्रसाद पराजुलीले जानकारी दिए ।

यस्तै नेकपा माओवादी केन्द्रका ङिमा तेण्डुप शेर्पाको मेयरमा ६९१ मत रहेको छ । त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी गान्धी माया तामाङले १८०६ मत प्राप्त गर्दा नेकपा एमालेकी मोहन कुमारी कार्कीले १४९४ मत र नेकपा माओवादी केन्द्रकी सारदा माया तामाङले ७१६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत पराजुलीले बताए ।

५ वटा वडाको मत परिणाम आइसक्दा मेयरमा एमाले भन्दा काङ्ग्रेस ६२० मतले अगाडी देखिन्छ भने उपमेयरमा पनि एमाले भन्दा काङ्ग्रेस ३१२ मतले अगाडी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार