डुफकुमारकै वडाबाट काँग्रेस उम्मेद्वारलाई फराकिलो अग्रता, उपाध्यक्ष उम्मेदवारकै कारण काँग्रेसले जित्याे वडा ४

  हिमाल समाचार
1.1k Shares

सोलुखुम्बु – साेलुखुम्बुकाे नेचासल्यान गाउँपालिकामा नेपाली काँग्रेस उम्मेद्वार जीत नजिक पुगेका छन् । एमालेका अध्यक्षका उम्मेद्वारकाे आफ्नै वडामा मत गणना सकिदा पनि काँग्रेस अध्यक्षका उम्मेद्वार धनजन राइले २ सय ८५ मतकाे फराकिलो अग्रता कायाम राखेका छन् ।

धनजन राइले अहिलेसम्म २ हजार १ सय २८ मत प्राप्त गरेका छन् । वडा नम्बर ४ लाई एमाले उम्मेद्वार डुफकुमार बाँस्ताेलाकाे आधार क्षेत्र मानिए पनि उनले अग्रता लिन सकेनन् ।

४ वटा वडाकाे गणना सक्दा एमाले उम्मेद्वार बाँस्ताेलाले १ हजार ८ सय ४३ मत प्राप्त गरेका छन् । माओबादि केन्द्रका उम्मेद्वार भुपेन्द्र कट्टेलकाे १ हजार ५० मत रहेकाे छ ।

यता पालिका उपाध्यक्षमा काँग्रेस उम्मेदवार विना राइले १२ सय मतकाे अग्रता लिईकि छिन । उनकाे आफ्नै वडाबाट ७०% अर्थात ६ सय ९३ मत थपेर २ हजार ५ सय १ मत प्राप्त गरेकि छन भने एमाले उम्मेद्वार सृजना राई अहिले सम्म १ हजार ३ सय ८७ मत मै सिमित रहेकि छिन ।

काँग्रेसले उपाध्यक्षकाे उम्मेदवार वडा नम्वर ४ बाटै दिएका कारण पनि पहिलाे पटक उक्त वडा जित्न सफल भएकाे छ । अब वडा ५ काे मत प्रतिश्पर्धात्मक आउने आँकलन सँगै काँग्रेस उम्मेद्वार जीत नजिक पुगेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार