सोलुदुधकुण्ड उपमेयर : गान्धी ६०० मतले अगाडी

  हिमाल समाचार
2.6k Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाको उपमेयर पदमा नेपाली कांग्रसकी गान्धी माया तामाङ ६०० मतले अगाडी देखिएकी छन् । नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ९, १० र ११ गरि ७ वटा वडाको मत गणना सकिदा गान्धी मायाले २६०८ मत प्राप्त गरेकी छन् भने उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी मोहन कुमारी कार्कीले २००८ मत प्राप्त गरेकी छन् ।

यसरी हेर्दा गान्धी मोहनकुमारी भन्दा ६०० मतले अगाडी देखिएका छन् । नेकपा माओवादी केन्द्रकी सारदा माया तामाङको ७०२ मत रहेको निर्वाचन समितिले जनाएको छ । अहिले वडा नम्बर ८ केरुङको मत गणना भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार