सोलुदुधकुण्ड मेयर : नाम्गेलले बढाए मतान्तर, ४१८ मतको अग्रता

  हिमाल समाचार
1.3k Shares

सोलुखुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नाम्गेल जाङबु शेर्पाले अग्रता बढाएका छन् ।

१, २, ३, ४, ५, ८, ९, १० र ११ गरी नौ वटा वडाको मत गणना सकिदा एमालेका आङकाजी शेर्पा भन्दा ३१० मतले अघि रहेका नाम्गेलले वडा नम्बर ७ को ३५० मत गन्दा ४१८ मतको अग्रता कायम गरेका छन् ।

पछिल्लो ताजा जानकारी अनुसार वडा नम्बर ७ को ३५० मत गणना सकिदा कांग्रेसका नाम्गेल जाङबुले २१४ मत प्राप्त गर्दा एमालेका आङकाजीले १०६ मत प्राप्त गरे ।

यो सहित हाल सम्म नाम्गेलको ४०२३ मत पुगेको छ भने आङकाजीको ३६०५ मत रहेको छ । अहिले ७ को मतगणना जारी छ, अझै वडा नम्बर ६ को गणना हुन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार