विश्व किर्तिमानी शेर्पा परिवार ल्होत्से हिमालको चुचुरोमा

  हिमाल समाचार
315 Shares

सोलुखुम्बुका एक शेर्पा परिवारले ल्होत्से हिमालको सफल आरोहण गरेका छन् ।

खुम्बु पासाङ ल्हामू गाउँपालिका ४ फोर्चेका शेर्पा परिवारले ल्होत्से हिमाल आरोहण गरेका हुन् । मे १५ तारिख विहान ८ बजे ८५१६ मिटर अग्लो ल्होत्सेको सफल आरोहण गरेका हुन् ।

गतबर्ष एकै परिवारका तीन सदस्य बाबा ५१ बर्षिय तेन्जिङ दोर्जी शेर्पा, छोरा २८ बर्षिय सोनाम टासी शेर्पा र छोरी २१ बर्षिया पासाङ कान्छी शेर्पाले सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तिमानी राखेका थिए । सोही परिवारले यो बर्ष ल्होत्से हिमाल आरोहण गरेको हो ।

उक्त परिवारलाई आइ एम्जि ट्रेक एन्ड एस्पिडिसनको आर्थिक सहयोगमा आरोहण गरिएको प्रबन्धक निर्देशक फुनुरु शेर्पाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार