सोलुमा टेलिकमको मोबाईल नेटवर्कमा समस्या, कार्यालय बेखबर

  हिमाल समाचार
196 Shares

सोलुखुम्बु-सोलुखुम्बुमा केहि दिनदेखि नेपाल टेलिकमको मोबाईल नेटवर्कमा समस्या देखिएको छ ।

करिब तीन दिनयता टेलिकमको मोबाईल नेटवर्कमा फोन लाग्न गाह्रो हुने, आवाज प्रष्ट नसुनिने, फोन काटिने लगायतका समस्या देखिएको प्रयोगकर्ताहरुले बताएका छन् ।

घाम लागेको समयमा केहि कम भएपनि मौसम धुम्मिएसँगै नेटवर्कको समस्या बढी देखिने गरेका छन् ।

जिल्लाको सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा देखिएको उक्त समस्या सोताङ, नेले, गोरा, टाप्टिङ लगायतका स्थानहरुमा पनि देखिएको प्रयोगकर्ताहरुको भनाई छ ।

तर नेपाल टेलिकम शाखा कार्यालय सल्लेरी भने समस्याको विषयमा बेखबर देखिएको छ ।

जिल्लाको सोताङ क्षेत्रमा चट्याङका कारण ल्याल्डलाईन टेलिफोनमा खराबी आएपनि मोबाईल नेटवर्कमा आएको समस्याबारे जानकारी नरहेको सल्लेरी शाखाका प्रमुख महमद हकबर अलीले बताए ।

प्राविधिकहरुसँगको समन्वयमा समस्या पहिचान गरि समाधान गरिने प्रमुख अलीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार