टाक्सिन्दु र माप्य जोड्ने पुलको मेयर शेर्पाले गरे शिलान्यास ( फोटो फिचर)

  हिमाल समाचार
98 Shares

माथि देखिन्छन्, दर्जनौ हिमाल । हिमालको फेदबाट बग्छ, दुधकोशी नदी । यहि दुधकोशी नदी माथि बन्दै छ, मोटरेबल पुल । सोलुदुधकुण्ड नगरपालिकाको टाक्सिन्दु र माप्य दुधकोशी गाउँपालिका १ जोडने गरि मोटरेबल पुलको शिलान्यास गरिएको छ । बिहिबार एक कार्यक्रमका बिच सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले पुलको शिलान्यास गरेका हुन् ।

आगामी मङ्सिर भित्र पक्की पुल बनिसक्ने मेयर शेर्पाको दाबी छ । माप्य खुम्बु जोड्ने सडकखण्ड पनि भएकाले मोटरेबल पुलले पर्यटन क्षेत्रमा पनि सहयोग पुग्ने बताए ।
खुम्बु जोड्ने छोटो मार्गको रुपमा यो सडकलाई लिन सकिने उनले बताए । गुणस्तरीय काम गर्न मेयर शेर्पाले ठेकेदार कम्पनिलाइ निर्देशन दिए ।

महादेब खिम्ती हिराचन जेभिले ७ करोड ६ लाख ३३ हजारको लागतमा उक्त पुल बनाउने छ । गुणस्तरिय काम गरि समयमै सम्पन्न गर्ने निर्माण कम्पनिका प्रतिनिधि बुद्धि बहादुर मगरले बताए ।

खुम्बु जोड्ने छोटो मार्गको रुपमा यो सडकलाई लिन सकिने र आफ्नो कार्यमा पनि यो पुल निर्माणका लागि शशक्त प्रयास गरेको टाक्सिन्दुका निवर्तमान वडाध्यक्ष छोङ्बा लामाले बताए । मोटरेबल पुल शलिान्यास भएसँगै स्थानियले खुसी ब्यक्त गरेका छन् । पर्यटकिय रुट पनि भएकाले पर्यटक आवतजावत हुँदा सो क्षेत्रको स्थानियलाई समेत अर्थतन्त्रमा समेत टेवा पुग्ने होटल व्यवसायी पासाङ ग्याल्जेन शेर्पाले बताए ।

कार्यक्रममा काङ्ग्रेस जिला सहसचिव तथा भुमी आयोग सोलुखुम्बुका अध्यक्ष उत्रमान राई, निवर्तमान वडाध्यक्ष छोङ्बा लामा,माप्यदुधकोशी गाउपालिका कार्यपालिका सदस्य आङ्काजी शेर्पा, काङ्ग्रेस क्षेत्रीय प्रतिनिधि पासाङ ग्याल्जेन शेर्पा, टाक्सिन्दु काङ्ग्रेस वडा सचीव श्याम बहादुर राई लगायतको उपस्थिति रहेको थियो।

यो पुलले खुम्बु क्षेत्रमा तल्ल्लो क्षेत्रबाट सहज रुपमा पर्यटक तथा स्थानियलाई आवतजावत गर्न सजिलो हुने विश्वास लिईएको छ । भने यहाँको उत्पादन खुम्बु क्षेत्रमा पु¥याउनका लागि सडक मार्ग भरपर्दो हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार