धर्मराज पोखरेलले ल्याए ‘झ्याम्मै टुनि वर’ (भिडियो)

  हिमाल समाचार
161 Shares

गायक धर्मराज पोखरेलले पुर्वेर्ली गीत ‘झ्याम्मै टुनि वर‘ ल्याएका छन् । इन्जिनियर र राजनीतिज्ञसहित रहेका पोखरेलले एक पछि अर्को गीत सार्वजनिक गर्ने क्रममा शिवसंगम राईको शब्द र भाकामा ‘झ्याम्मै टुनि वर’ ल्याएका हुन् । उनले गीत गायनमा पुर्वेली गायिका पार्वती राईको साथ पाएका छन् ।

सुन्दर लामाको एरेन्जमा तयार भएको गीत स्टुडियो त्रितालमा रेकर्ड गरिएको हो । गाउँघरमा गाइने भाकालाई रेकर्ड गरिएकाले गीतको भिडियो पनि गाउँमै गरिएको छ । गीतका निर्माता समेत रहेका गायक पोखरेलले भने, खोटाङ पुगेर गीतको छायांकन गरिएको हो ।

शंकर विसीले निर्देशन गरेको भिडियोमा महेन्द्र गौतम, धर्मराज पोखरेल, अस्मिता पुरी, सरिस्मा मगरले अभिनय गरेका छन् । नविन घर्ती मगरको सम्पादन रहेको भिडियो दुर्गा पौडेलले खिचेका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार