राजन कार्कीको ‘मायालाई भेटेसी’मा निता र प्रकाश (भिडियो)

  हिमाल समाचार
98 Shares

काठमाण्डौँ । लोक दोहोरी गायक राजन कार्कीले नयाँ गीत ‘मायालाई भेटेसी’ सार्वजनिक गरेका छन् ।

कार्कीकै सृजनामा तयार भएको गीत गायनमा मेलिना राईले साथ दिएकी छिन् । आशिष अविरलको एरेञ्ज रहेको गीतलाई स्मिता स्नेहा इन्टरटेनमेन्ट यूटुवबाट सार्वजनिक गरिएको छ ।

माया पिरतीमा आधारित उक्त गीतको भिडियो निर्देशन कुमार केसीले गरेका छन् । केसीको निर्देशनमा पपुलर फेस नायिका निता ढुंगाना र गायक तथा मोडल प्रकाश सपुतले स्कृन शेयर गरेका छन् ।

प्रकाश मगरको कोरियोग्राफी रहेको भिडियोको सम्पादन विकास ज्ञवालीले गरेका छन् । अजय रेग्मीले छायांकन गरेको भिडियोको निर्माता राजेन्द्र खत्री हुन् ।

सर्जक तथा गायक कार्कीको यसअघिका दर्जनबढि लोक तथा आधुनिक गीतले चर्चा कमाएका छन् ।

‘दिलमा बसेकी’, ‘चाडवाडमा’, ‘पान खायो मायाले’, ‘सुर्ती माडेर’, ‘खोलीमा माछी’, ‘आँशु नझार’, ‘तिमिसँग नजर जुधाई’जस्ता उनको गीतलाई दर्शक स्रोताले मन पराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार