सोलुबाट ६० टन बढी मछिनो निकासी

  हिमाल समाचार
364 Shares

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुबाट एक आर्थिक बर्षमा ६० टन भन्दा बढी मछिनो निकासी भएको छ । आर्थिक बर्ष २०७८/०७९ मा जिल्लाको विभिन्न क्षेत्रबाट ६०.९ टन मछिनो निकासी भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सामुदायिक वनबाट १९ हजार ९ सय किलो र निजी वनबाट ४१ हजार किलो निकासी भएको सहायक वन अधिकृत आनन्द चौधरीले जानकारी दिए ।

मछिनोबाट उत्पादित तेल औषधीको रुपमा काठमाण्डौ, झापा हुँदै भारत निकासी हुने गरेको जनाइएको छ । यसैवीच, एक आर्थिक बर्षमा ५ हजार किलो भन्दा बढी चिराइतो निकासी भएको छ ।

गत आर्थिक बर्षमा जिल्लाको निजी वन क्षेत्रबाट ५० हजार किलो र राष्ट्रिय वन क्षेत्रबाट ३ सय किलो चिराइतोको पात तथा डाँठ जिल्ला बाहिर निकासी भएको डिभिजन कार्यालय सोलुखुम्बुको तथ्यांकमा उल्लेख छ । फोटो-फायल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार