बैङ्किङ कसुरमा दिपक किराँती प’क्राउ

  हिमाल समाचार
14k Shares

सोलुखुम्बु – जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बैङ्किङ कसुरमा एक फरार अभियुक्तलाई प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ७ देउसाका २७ वर्षीय दिपक किराँती रहेका छन् ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिल जंग शाहका अनुसार उनलाई १६ लाख रुपैयाँ भन्दा बढी रकमको चेक बाउन्स कसुरमा आईतबार साँझ सल्लेरीबाट प’क्राउ गरिएको हो ।

गंगी माया राईले दिएको जहोरीमा उच्च अदालत पाटनले जारी गरेको प’क्राउ पुर्जीको आधारमा किराँतीलाई प’क्राउ गरेको डिएसपी शाहले बताए । किराँतीलाई प’क्राउ गर्न जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौँले सोलुखुम्बु प्रहरीलाई पत्र लेखेको थियो ।

उनलाई आज (सोमबार) विहान जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौँ पठाइएको छ । उक्त कसुरमा लामो समयदेखि फरार किराँती जिल्ला भलिबल सघं सोलुखुम्बुका अध्यक्ष र वाईसीएल थुलुङ दुधकोशीको इन्चार्ज हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार