कांग्रेस नेता बस्नेतको पहलमा ६ हजार फलफूलको विरुवा वितरण

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु : नेपाली कांग्रेस लिखुपिके सभापति सुरज बस्नेतको पहलमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका कृषकहरुलाई ६ हजार फलफूलको विरुवा वितरण गरिएको छ ।

आइतबार जुनीपर ट्रष्ट इग्ल्याण्डको सहयोग तथा कांग्रेस नेता बस्नेतको पहलमा लिखुपिकेका ४ वडाका कृषकलाई स्याउ, कागति, सुन्तला, ओखर र आरुको ६ हजार विरुवा निशुल्क वितरण गरिएको हो ।

लिखुपिके १ मा एक हजार बोट स्याउको विरुवा र लिखुपिके २, ३ र ४ का कृषकलाई कागति, सुन्तला, ओखर र आरुको मिश्रित विरुवा वितरण गरिएको हो ।

नेता बस्नेतकै पहलमा सन् २०२१ मा १० हजार फलफूलका विरुवा वितरण गरिएको थियो भने यो बर्षपनि १० हजार विरुवा वितरणको लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार