सुकेपोखरीमा शाखारहित बैंकिङ सेवा विस्तार

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ५ सुकेपोखरीमा लक्ष्मी बैंककोे शाखारहित बैंकिङ सेवा विस्तार गरिएको छ ।

सामाजिक सुरक्षा भत्ता लगायत अन्य बैंकिङ सेवा नागरिककोे घर दैलोमा सहज रुपमा पुर्याउने उदेश्यले पालिकाको वडा नम्बर ४, ५ र ९ लाई पायक पर्ने स्थान सुकेपोखरीमा सेवा विस्तार गरिएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए ।

सेवाको शुक्रबार गाउँपालिका अध्यक्ष असिम राईले उदघाट्न गरे । यससँगै थुलुङ दुधकोशी गाउँपालिकाको सबै वडाहरु बैंकको सहज पहुँचमा पुगेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार