भोकखोला तेश्रो जलविद्युत आयोजनाको अध्यक्षमा पुनः कार्की

सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ३ स्थित भोकखोला तेश्रो जलविद्युत आयोजनाको अध्यक्षमा पुनः नारायणकाजी कार्की चयन भएका छन् । आज (शुक्रबार) भएको सभाले कार्कीको अध्यक्षतामा १३ सदस्यीय समिति पुर्नगठन गरेको हो ।

समितिको उपाध्यक्ष दिर्घ राई, सचिवमा चित्र बहादुर कार्की र कोषाध्यक्षमा बम बहादुर कार्की, सहसचिव कमला राई, सदस्यहरुमा साविक गाविस वडा नम्बरका शिव बहादुर कार्की र इन्द्र बहादुर विश्वकर्मा, वडा नम्बर २ बाट प्रेमध्वज कार्की र टंक बहादुर भुजेल, तीनबाट बज्र बहादुर कार्की र धन बहादुर कार्की, पाँचबाट हेमन्त राई र ६ बाट जंग बहादुर राई चयन भएको सहकर्मी ललित कार्कीले जानकारी दिए ।

यस्तै कोभिडका कारण पाँच वर्षसम्म हुन नसकेको आय–व्यय पनि साधरणसभाले प्रस्तुत गरेको छ । आय तर्फ ५३ लाख र ब्यय तर्फ ५० लाख रुपैयाँ प्रस्तुत गरिएको छ भने ३ लाख रुपैयाँ बचन रहेको समितिले जनाएको छ ।

समितिको विधान अनुसार हरेक ३/३ बर्षमा कार्यसमिति पुर्नगठन र १/१ बर्षमा आय–व्यय प्रस्तुत गर्नुपर्ने भएपनि कोरोना कहरका कारण पाँच बर्ष परधकेलिएको अध्यक्ष कार्कीले बताए ।

माप्यदुधकोशी गाउँपालिका ३ को वडा कार्यालयमा २५० जना उपभोक्ताको सहभागीतामा भएको भेलाले ३/३ बर्षमा कार्यसमिति पुर्नगठन र आर्थिक बर्षको पहिलो ३ महिना भित्रमा अनिर्वाय रुपमा आय–व्यय प्रस्तुत गर्नुपर्ने निर्णय गरेको छ ।

३० किलोकार्ड क्षमताको उक्त विद्युत आयोजनाबाट सो क्षेत्रका २८८ घरधुरीले विद्युत उपभोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार