थुलुङ दुधकोशी:जुबुमा एकैदिन तीन योजनाको उद्घाटन

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–५ जुबुमा एकै दिन तीन वटा योजनाको उद्घाटन गरिएको छ । लक्ष्मी बैंकको शाखारहित बैंकिङ सेवा, ग्रामीण स्वास्थ्य इकाइ र वडा कार्यालय भवनको आज(शुक्रबार) एकैदिन उद्घाटन गरिएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए ।

सामाजिक सुरक्षा भत्ता लगायत अन्य बैंकिङ सेवा नागरिककोे घर दैलोमा सहज रुपमा पुर्याउने उदेश्यले पालिकाको वडा नम्बर ४, ५ र ९ लाई पायक पर्ने स्थान सुकेपोखरीमा सेवा विस्तार गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।

कोशी पारीका नागरिकलाई सहज बैंकिङ सेवा प्रदान गर्न बैंकसँगको सहकार्यमा वडा नम्बर ७ र ८ लाई लक्षित गरि बुढिडाँडा र शुक्रबार जुबुमा सेवा सन्चालन गर्न सफल भएको अध्यक्ष राईको भनाई छ ।

यससँगै थुलुङ दुधकोशी गाउँपालिकाको सबै वडाहरु बैंकको सहज पहुँचमा पुगेको अध्यक्ष राईले दाबी गरे । यस्तै ग्रामीण स्वास्थ्य इकाईको भवन उद्घाटन पश्चात सेवा प्रवाहमा निकै सहज हुने इकाइका निमित्त प्रमुख ज्योति राईको भनाइ छ ।

यस अघि निजि घर भाडामा लिएर स्वास्थ्य सेवा प्रबाह भैरहेको थियो । गाउँपालिकाको पहलमा करिब ३२ लाखको लागतमा रावा कन्ट्रक्सनले उक्त भनव निमार्ण गरेको हो ।

त्यसैगरी गाउँपालिका र जिल्ला समन्वय समिती सोलुखुम्बुको लागत साझेदारीमा निर्मित वडा–५ को वडा भवनको पनि उद्घाटन गरिएको छ ।

सोही कार्यक्रममा जग्गादातालाइ सम्मान गरिएको छ भने पहिरो पीडितपरिवारलाई राहत स्वरुप दस हजार नगद हस्तान्तरण पनि गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष राईसहित, उपाध्यक्ष सविता राई, वडाका अन्य जनप्रतिनिधि तथा स्थानीयवासीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार