सगरमाथा आधारशिविर सम्म विस्तार गरिने फाइबर हस्तान्तरण

सोलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर सम्म विस्तार गरिने उच्च गुणस्तरको फाइबर खुम्बु पासाङ ल्हामु गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

नाम्चेदेखि सगरमाथा आधारशिविर सम्म विस्तार गरिने ३६ कोरको ४४ किलोमिटर फाइबर आज (शुक्रबार) गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

फाप्लु विमानस्थलमा एक कार्यक्रमका विच सहयोगी संस्था सेन्टर फर आइसीटी फर डेब्लप्टका कार्यकारी निर्देशक पवन शाक्यले गाउँपालिका अध्यक्ष मिङमा छिरि शेर्पालाई उक्त सामाग्री हस्तान्तर गरेका हुन् ।

२ लाख ५८ हजार युरो अर्थात २ करोड रुपैयाँ बराबरको सो सामाग्रीको आर्थिक ब्यवस्थापन एसिया कनेक्ट साउथ कोरिया मार्फत युरोपियन युनियन र टेनले गरेको सहयोगी संस्था सेन्टर फर आइसीटी फर डेब्लप्ट काठमाण्डौँले जनाएको छ ।

उच्च गुणस्तर र प्रविधिको वाटर तथा विन प्रुभ सो फाइबरले ५० टन सम्मको भार थेग्न सक्ने सहयोगी संस्थाले जनाएको छ । सामाग्री बुझ्दै गाउँपालिका अध्यक्ष मिङमा छिरि शेर्पाले निकट भविष्यमै गाउँपालिकालाई प्रविधियुक्त बनाउने बताए ।

सहयोगी संस्था मार्फत आफ्नो पालिकालाई गुणस्तरिय सामाग्री प्राप्त भएकाले प्रविधिको क्षेत्रमा खुम्बुलाई देशकै नमुनाको रुपमा विकास गर्ने हिसाबले दिर्घकालिन योजनाका साथ अघि बढ्ने उनको भनाई छ ।

सोही संस्थाले यस अघि गाउँपालिकालाई राउटर, स्वीच, टर्मिनल बक्स लगायतका सामाग्रीहरु पनि सहयोग गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार