दुधकुण्ड–ज्वालामाई मन्दिर पर्यटक पदमार्गको लागि स्थलगत अध्ययन सकियो

  हिमाल समाचार
952 Shares

सोलुखुम्बु – सोलुखुम्बुको टाक्सिन्दुदेखि दुधकुण्ड पोखरी, थुक्तेन्छोलिङ हुँदै ज्वालामाई मन्दिर सम्म पर्यटक पदमार्ग विस्तार गरिने भएको छ । पदमार्गका लागि पर्यटन विभागले सोलुुदुधकुण्ड नगरपालिकाको समन्वयमा भौगोलिक अध्ययन सम्पन्न गरेको छ ।

विभागका इन्जिनियर भिम बहादुर महत सहितको टोलिले गत बुधबारदेखिसुरु गरेको अध्ययन कार्य शनिबार सकिएको सन्तोष मगरले जानकारी दिए ।

टोलिले टाक्सिन्दुदेखि थुक्तेन्छोलिङ गुम्बा हुँदै तामाखानीको ज्वालामाई मन्दिर सम्मको करिब ४४ किलोमिटर पदमार्गको अध्ययन गरेको इन्जिनियर भिम बहादुर महतले बताए ।

प्राविधिक टोलि काठमाण्डौँ फर्किएपछि प्रतिवेदन विभागमा बुझाउने र दुई महिना भित्रमा डिपीआर तयार हुने इन्जिनियर महतको भनाई छ । नगरपालिका विशेष पहलमा पदमार्ग निर्माण गर्न लागिएको विभागले जनाएको छ ।

अध्ययन टोलिमा इन्जिनियर महतसहित, पर्यटक गाईड तेन्जिङ शेर्पा र समाजसेवी सन्तोष मगर(र्याविट) सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार