नेकपा एमाले सोलुखुम्बुले भदौ दशबाट पालिका स्तरीय प्रशिक्षण गर्ने

  हिमाल समाचार
637 Shares

सोलुखुम्बु – नेकपा एमाले सोलुखुम्बुले आगामी भदौ १० गतेबाट पालिका स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । शुक्रबार सदरमु्काम सल्लेरीमा सम्पन्न जिल्ला कमिटी सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका उपाध्यक्ष हर्क राईले जानकारी दिए ।

उनका अनुसार भदौ पाँच गते भित्रमा स्थानीय कमिटीको बैठक सम्पन्न गरि १० गतेबाट पालिका स्तरिय प्रशिक्षण सुरु गरिने भएको हो । आसन्न संघ र प्रदेश निर्वाचन केन्द्रीत प्रशिक्षणमा जिल्ला स्तरिय नेताहरुको सहभागीता रहने छ ।

यसैबीच नेकपा एमालेले जिल्ला स्तस्तीय प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न गरेको छ । आगामी कार्ययोजना अन्तरपार्टी निर्देशन–४ ले निर्दिष्ट गरेका विभिन्न बिषयमा राजेन्द्र गौतम, जिवन घिमिरे, मानविर राई, चिन्तन पाठक लगायतका केन्द्रीय नेताहरुले प्रशिक्षण दिएको एमालले जनाएको छ ।

सल्लेरीमा भएको प्रशिक्षणमा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य, जनसंगठनका प्रदेश सदस्य तथा जिल्ला पदाधिकारी, पालिका कमिटीका पदाधिकारी, निर्वाचित वडाध्यक्षसम्मका जनप्रतिनिधि र पार्टी वडा कमिटी अध्यक्ष लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार