तल्लो सोलु जलविद्युतका लागि ४५ कर्मचारी माग

  हिमाल समाचार
2k Shares

सोलुखुम्बु – सोलुखुम्बुमा निर्माणधीन ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनामा खटाउने गरी ४५ कर्मचारीको माग गरिएको छ । आयोजनास्थलका लागि आवश्यक रिक्त पदपुर्ति गर्न ठेकदार कम्पनी साउन एसियन इन्फ्रास्ट्रकचर प्रा.लि.ले कर्मचारीको माग गरेको हो ।

आयोजना प्रमुख र सहायक आयोजना प्रमुख १/१ जना, वरिष्ठ भूविज्ञान इन्जिनियर, वरिष्ठ सिभिल इन्जिनियर, मेकानिकल इन्जिनियर र इलेक्ट्रिक इन्जिनियर २/२ जना, सिभिल इन्जिनियर र सिभिल ओभरसिअर ५/५ जना, क्वालिटी इन्जिनियर, प्लान्ट म्यानेजर, र हेल्थ/सेफ्टी म्यानेजर १/१ जना, इलेक्ट्रिसियन ४ जना, सुपरभाइजर २ जना र स्टोर किपर १२ जना पदपुर्ति गर्न आवेदन खुलाएको छ ।

आयोजना प्रमुखको लागि इन्जिनियरिङमा स्नाकोत्तर तह उत्तिर्ण गरी कम्तीमा १० वर्ष र इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा १५ वर्ष हाइड्रोपावर क्षेत्रमा काम गरेको अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

सहायक इन्जिनियर प्रमुखको लागि स्नाकोत्तर तह उत्तीर्ण गरी कम्तीमा ५ वष इन्जिनियरमा स्नातक तह उत्तीर्ण गरी कम्तमिा ८ वर्ष सम्बन्धीत क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ ।

इच्छुक योग्य व्यत्तिले दुई हप्ता भित्र आवेदन दिइ सक्नुपर्ने बताइएको छ । आवेदन दिदा बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ ।

आवेदकमध्ये प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा बढी कार्यनुभव भएकाले रोजगारीको अवसर पाउनेछन् । यो आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार