कांग्रेस चिसंखुगढीले गरायो स्थानीय सरकारको ध्यानाकर्षण

  धन कुमार ढुंगेल
637 Shares

नेपाली कांग्रेस चिसंखुगढी ओखलढुंगाले जनसरोकारको विषयमा स्थानीय पालिकाको ध्यानाकर्षण गराएको छ ।

निर्वाचन सम्पन्न भएको चार महिना वित्दा पनि जनसरोकारको समस्या समाधानमा पालिका सक्रिय नदेखिएको भन्दै ६ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको छ । कांग्रेस पालिका सभापति गोपालमान थापाले चिसंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा, उपाध्यक्ष सन्तोषबाबु थापालाई ध्यानाकर्षण पत्र बुझाए ।

पत्रमा स्थानीय तहको निर्वाचनको घोषणा पत्रमा उल्लेख भएका काम कार्यान्वयन गर्न, वडामा नितिगत अनियमितता रोक्न त्रैमासिक रुपमा खर्च सार्वजनिक गर्न, दशैँलाई ध्यानमा राख्दै यातायात व्यवस्थापन र भाडा समायोजन गर्न, महंगी नियन्त्रण गर्न अनुगमन र उपभोक्ता सहजताका लागि सुपथ पसल संचालन गर्न, पूर्वाग्रही रुपमा शिक्षक सरुवा नगर्न र गरिएको निर्णय फिर्ता लिन ६ बुँदे माग उल्लेख गरिएको छ ।

ध्यानाकर्षणका विषयमा पालिका अध्यक्ष निशान्त शर्माले प्रष्ट्याएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार