तिङलाबाट ८ मोतिबिन्दुका बिरामी छनौट

  हिमाल समाचार
133 Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ११ तिङलामा सम्पन्न एकदिने आँखा शिविरबाट ८ जना मोतिबिन्दुका बिरामी निशुल्क शल्यक्रियाका लागि छनौट भएका छन् ।

शिविरमा आँखा परीक्षण गराएका १७९ मध्ये ८ जना मोतिबिन्दु बिरामी छनौट गरिएको हो । आगामी असोज २४ र २५ गते जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा शल्यक्रियासहितको शिविरको आयोजना हुँदैछ ।

यसअघि काँकु, जुभिङ, वाकु, काँगेल, लोखिम, सोताङ, महाकुलुङ र नेचासल्यानमा छनौट शिविर सम्पन्न गरिसकेको जिल्ला सामुदायिक आँखा केन्द्र र तिलगंगा आँखा प्रतिष्ठानले असोज ६ मा टाप्टिङमा आँखा शिविर संचालन हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार