शारदा माविमा डिसहोम जडान

सिकाइ प्रभावकारीका लागी खोटाङको रावाबेसी गाउँपालिका स्थित शारदा माविले डिस होम जडान गरेको छ । बालकक्षा र कक्षा एकको सिकाईलाई प्रभावकारी बनाउने उदेश्यले ४ वटा टिभि चल्ने  २ थान डिसहोम खरिद गरि जडान गरिएको विद्यालयका प्रधानाध्यापक गोपाल बस्नेतले बताए ।

विद्यालयले १४ हजारको २ वर्षे प्याकेजमा ढुवानी खर्च सहित ३० हजारमा डिसहोम जडान गरेको र प्रदेश सरकारको बजेटबाट ४ वटा टिभि र स्मार्टबोर्ड खरिद गरिएको प्रधानाध्यापक बस्नेतको भनाई छ ।

यस वर्ष पनि राष्ट्रपति शैक्षिक सुधारको कार्यक्रम अन्तर्गत ७५ इन्चको स्मार्ट बोर्ड खरिद गरिएको छ । शिक्षा सम्बन्धी भिडियो देखाएर रमाइलो तथा खुशीका साथ सिक्ने वातावरण सिर्जना भएको शिक्षकहरुले बताएका छन् । अडियो भिडियो सहितको शिक्षण सिकाइ प्रविधि स्थापना भए सँगै विद्यालयका विद्यार्थी र शिक्षकहरु निकै खुसी भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार