तिङलामा कृषि हाटबजारको सुरुवात, स्थानिय भन्छन्, ‘अब कृषि उपज बिक्रिका लागि चिन्ता छैन’

  हिमाल समाचार
252 Shares

सोलुखुम्बुको तिङ्लामा सहकारी साप्ताहिक कृषि हाटबजार सञ्चालनमा आएपछि स्थानियले खुसी व्यक्त गरेका छन् । गौरीटाप बहुउदेश्य सहकारी संस्थाले हाटबजार सञ्चालनमा ल्याएपछि स्थानियमा खुसी छाएको हो।

स्थानिय युवराज राईले कृषि उपज बिक्रिका लागि सल्लेरी र पत्ताले धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताए । शुक्रबारदखि सुरु शुक्रबारे हाटबजारको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा र तिङ्लाका वडाध्यक्ष टंक कार्कीले उद्घाटन गरेका हुन् । मेयर शेर्पाले बजारले कृषिको व्यवसायिकरण र स्थानियको जिविकोपार्जनमा सहयोग गर्ने बताए ।

सोलुदुधकुण्ड नगरपालिकाको २५ लाख र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाई ओखलढुंगाको १० लाख गरि ३५ लाखको लागतमा हाटबजारको संरचना स्थापना गरिएको हो । ३० भन्दा बढि ट्रस्ट, शौचालय, गोदाम, बधशाला लगायतका संचना निर्माण गरिएको गौरीटाप बहुउदेश्य सहकारी संस्था तथा बजार व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र कार्कीले जानकारी दिए ।

उनले स्थानिय उत्पादन कुहिएर खेर नजाओस भन्ने हेतुले कृषि तथा पशुको बजारिकणका लागि बजारले सहयोग गर्ने बताए । बजारबाट सोलुदुधकुण्ड नगरपालिकाm नेचासल्यान गाउँपालिका लगायतका स्थानियहरु लाभान्वित हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार