लिखुपिकेका १९ शिक्षकले पाए प्रारम्भिक बाल विकास तालिम

  हिमाल समाचार
245 Shares

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका १९ जना शिक्षकले प्रारम्भिक बाल विकास विषयक तालिम पाएका छन् ।

पालिकाको समन्वयमा रीड नेपालले आयोजनामा चौलाखर्क स्थित हिमगंगा माध्यमिक विद्यालयमा ५ दिन संचालित तालिमको समापन पालिका अध्यक्ष मिना कार्कीले गरिन् ।

तालिममा प्रारम्भिक बाल विकासको अवधारणा तथा महत्व, बाल शिक्षकको भूमिका, प्रारम्भिक बाल विकासका मापदण्ड, पाठ्यक्रम अध्ययन, कक्षाकोठा व्यवस्थापन, शैक्षिक सामग्री निर्माण, दैनिक कार्यतालिका निर्माण तथा प्रयोग मूल्यांकन, विद्यार्थी अभिलेख लगायतका विषयवस्तुमा सिकाई भएको थियो ।

पालिका अध्यक्ष कार्कीले तालिमबाट सिकेका शिक्षण सीप कक्षा कोठासम्म पु¥याउन आग्रह गरिन् । तालिमको सहजीकरण रीड नेपालका शिक्षा विकास अधिकृत सुजता राईले गरेकी थिइन् ।

यसअघि रीड नेपालले माप्य, थुलुङ, नेचासल्यान, सोताङ, महाकुलुङ गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकामा सोही प्रकृतिको तालिम संचालन गरिसकेको छ ।

जिल्लाभर ८९ जना बाल विकास शिक्षक र ६ जना स्थानीय स्रोत शिक्षकले तालिम पाएको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार