सोलुखुम्बुमा ‘हामी स्वयंसेवी’ अभियान सुरु

  हिमाल समाचार
511 Shares

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा ‘हामी स्वयंसेवी’ अभियान सञ्चालन भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत सञ्चालन भएको अभियान सोलुखुम्बुमा आज(मंगलबार)बाट शुभारम्भ भएको होे ।

अभियान संचालन तथा व्यवस्थापनका लागि जिल्ला स्तरीय अनुगमन समिति गठन भएको छ । समितिको पहिलो बैठक प्रमुख जिल्ला अधिकारी अनिल खनालको संयोजकत्वमा वसेको अभियानका जिल्ला संयोजक तेज बहादुर बरुवाल (सौरब)ले जानकारी दिए ।

साथै सोही बैठकले प्रजिअ खनालको संयोजकत्वमा ८ सदस्यीय जिल्ला स्तरिय अनुगमन समिति पनि चयन गरेकोे छ । प्रदेश नम्बर १ अन्तर्गत संचालित ‘हामी स्वयसेवी’ अभियान जिल्लामा संचालनको लागि जिल्ला स्तरिय अनुगमन समितिले सहजीकरण र अनुगमन गर्ने निर्णय गरिएको संयोजक बरुवालले बताए ।

विद्यालयमा पढ्दै गरेका किशोर अवस्थाका विद्यार्थीलाई विद्यालयमै ‘हामी स्वयंसेवी समूह’ बनाई लागु औषध तथा विपद व्यवस्थापनका बारेमा विभिन्न सिर्जनात्मक कार्यक्रम मार्फत, विद्यार्थीहरूमा शैक्षिक जनचेतना जगाई नैतिक चरित्रवान, जिम्मेवार र असल नागरिकका रूपमा समाजमा स्थापित हुन प्रेरित गर्ने जनाइएको छ ।

माध्यमिक तहको ९ देखि १२ कक्षाका विद्यार्थीलाई ‘हामी स्वयंसेवी समूहमा’ आबद्ध गराइने छ । विद्याथीहरू स्वयंसेवी अभियानको विभिन्न सिर्जनात्मक कार्यक्रममा सहभागी भई विद्यार्थी आफैले नैतिकवान नेतृत्व शैलीको विकास गर्ने अभियानको लक्ष्य छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार