सोलुको ग्रामिण विद्युतीकरणका लागि १ अर्ब ५९ करोड ७२ लाख बराबरको टेन्डर आव्हान

  हिमाल समाचार
399 Shares

सोलुको ग्रामिण विद्युतीकरणका लागि १ अर्ब ५९ करोड ७२ लाख बराबरको टेन्डर आव्हान गरिएको छ ।

संघीय संसद प्रतिनिधिसभाका सांसद हेमकुमार राई ‘शुुरवीर’को पहलमा जिल्लाको विद्युतीकरणका लागि बिनियोजित बजेट बराबरको टेण्डर बिहिवार आव्हान भएको हो ।

यो टेण्डर प्रक्रिया पुरा भएसंगै १८ महिनाभित्र राईको ‘उज्यालो सोलुखुम्बु अभियान’ ले पूर्णता पाउने उनको सचिवालयले जानकारी दिएको छ ।

‘उज्यालो सोलुखुम्बु अभियान’ को घोषणा गरेर जिल्लामा २०७६ सालमा विद्युत वितरण केन्द्र उनकै पहलमा स्थापना भएको थियो ।

सोलु करिडोर आयोजनामार्फत हालसम्म ४ हजार भन्दा बढी घरमा राष्ट्रिय प्रसारणलाई जडान भएको छ भने देउसा र खुम्बुमा ३३ के.भी. सबस्टेसन निर्माणको प्रक्रिया अगाडि बढेको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार