नेचा र नेले बजारमा चाडपर्व लक्षित अनुगमन, हजारौँको सामाग्री जफत

  हिमाल समाचार
273 Shares

सोलुखुम्बुको नेचा बिहिवारे बजार र नेले बजार क्षेत्रमा चाडपर्व लक्षित अनुगमन गरिएको छ । अखाद्य बस्तुको सेवनबाट मानिसको स्वास्थ्यमा गम्भिर असर पर्ने भएकोले म्याद नाघेको तथा खान अयोग्य बस्तु जफत गरि नष्ट गरिएको छ ।

नेचामा जिल्ला स्तरीय बजार अनुगमन समिती संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीको नेतृत्वमा नेचा क्षेत्रका खाद्यान्न तथा मासु र औषधि पसलको अनुगमन गरिएको हो । १९ वटा पसलबाट चिजबल लगायत जङ्फुड, सेनेटरी प्याड, कस्मेटिक सामान, मसला गरि २२ हजार १५ बराबरको सामाग्री जफत गरि नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका उद्योग अधिकृत संगिता थुलुङले जानकारी दिइन ।

उता, जिल्लाकै नेले बजारका पसलहरुबाट १६ हजार रुपैयाँ भन्दा बढी मुल्य बराबरको म्याद गुज्रिएका खाद्यन्नका सामाग्रीहरु जफत गरिएको छ । जिल्ला स्तरिय बजार अनुगमन समितिले आज नेले बजार क्षेत्रमा गरेको बजार अनुगमनको क्रममा १६ हजार १० रुपैयाँ मुल्य बराबरको अखाद्य वस्तु जफत गरि नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका उद्योग अधिकृत संगिता थुलुङ राईका अनुसार ति सामाग्रीहरुमा चाउचाउ विस्कुट, चकलेट, पेयपदार्थ लगायतका वस्तुहरु रहेका छन् । चाडपर्वलाई लक्षित गरि गरिएको अनुगमनमा प्रमुख जिल्ला अधिकारी अनिल खनाल, जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल जंग शाह, सशस्त्र प्रहरीका डिएसपी विरेन्द्र खनाल लगायतको उपस्थिती रहेको थियो ।

फोटो – नेचामा बजार अनुगमनपछि नष्ट गर्न तयारी गरिएको अखाद्य सामाग्री

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार