सगरमाथाको काखमा मनाए ‘सक्किगोनि’को १०० औं उत्सव, ५२ जना सम्मानित

  सुबास दर्नाल
11k Shares

सोलुखुम्बु – चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ले सोलुखुम्बुको पत्तालेमा १०० औं अंकको उत्सव मनाएको छ । सोलुदुधकुण्ड नगरपालिका–८ स्थित पतालेको गौरीटापमा सिरियलको सफलता कार्यक्रम आयोजना गरेकोे हो ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोलुमा मनाइएको कार्यक्रमको अवसरमा कलाकर्मी, सहयोगी लगायत गरि ५२ जना सम्मानित भएका छन् । उनीहरुलाई मायाको चिसो तथा सम्मानपत्र प्रदान गरिएको श्रृंखलाका लेखक, निर्देशक तथा कलाकार अर्जुन घिमिरे (पाडे)ले जानकारी दिए ।

पर्यटकिय जिल्ला सोलुखुम्बु रंगकर्मीहरुको नजरमा पर्न नसकेकाले आफुहरुले पत्ताले क्षेत्रमा उत्सव मनाउने निधो गरेको पाडेले बताए । सो कार्यक्रम अत्यन्त सफल र ऐतिहासिक भएको समेत पाँडेले प्रतिकृया दिए । सगरमाथाको काखमा मनाइएको १०० औँ अकंको उत्सव साच्चै सम्झिन लायक र ऐतिहासिक भएको उनको भनाई छ ।

सर्वोच्च शिखर सगरमाथासहित आठ हजारभन्दा अग्ला हिमालको दृश्यवलोकन गर्न सकिने भएकाले यस ठाउँमा कार्यक्रम गरिएको जनाइएको छ ।

कार्यक्रममा  कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्नुन घिमिरे(पाँडे), सागर लम्साल (बले), कमलमणी नेपाल(खुपीको बाउ), सिपि पुडासैनी (धतुरे), प्रियना आचार्य(मुन्नी), रवि खनाल(नेता), सितादेवी तिमल्सेना (चन्द्रमुखी), पुरुषोतम आचार्य(प्रहरी), रामभजन कामत(रामभजन), भिमा मैनाली (मैना), सञ्जिता पाण्डे( सानु), कविराज भाम, भावना आचार्य (लुरी), लगायत ‘सक्किगोनि’ टिमका २१ जना र अग्रज कलाकार कुञ्जना घिमिरे (सुन्तली)सहित ५ जना अग्रज कलाकारहरु गरि २७ जनाको उपस्थिती रहेको जनाइएको छ ।

प्रमुख अतिथिको आसानबाट बोल्दै उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य, नेपाली कांगेसका नेता एवं समाजसेवी प्रकाश सिं कार्कीले कलाकारहरुले सोलुलाई पनि महत्वका साथ प्रचारप्रसार गर्नुपर्ने बताए । कलाको माध्यमबाट पर्यटकिय क्षेत्रको प्रचार गर्न सकिने भएकाले सगरमाथाको जिल्लालाई विश्वमाझ पु¥याउन कलाकारहरुको भु्मिका महत्वपुर्ण हुने बताए ।

जसका लागि आफुहरु सहयोग गर्न तयार रहेको उनको भनाई छ । कार्यक्रममा बोल्ने ‘सक्किगोनि’का कलाकारहरुले आगामी अंकहरुमा सोलुको दृष्यलाई बढाउदै लैजाने प्रतिबद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार