ओखलढुंगाको कुईभिरमा पुरुष भलिबल प्रतियोगिता सुरु

  हिमाल समाचार
1.7k Shares

सोलुखुम्बु – ओखलढु्ंगाको चिशखुगढी गाउँपालिका १ कुईभिरमा अन्तर वडास्तरिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । वडा कार्यालयको आयोजनामा आज (शुक्रबार) बाट वडा नम्बर १ स्थित सिंहदेवी खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।

खेलको संविधानसभा सदस्य केशव राईले शुक्रबार उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष निशान्त शर्माले युवाहरुको व्यक्तित्व विकास खेलकुदको माध्यमबाट पनि सम्भव रहेको भन्दै वडामा सुरु भएको खेलले आगामी फागुन १ गते हुने दोश्रो अध्यक्ष कप भलिबलमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उपाध्यक्ष सन्तोष बाबु थापाले सिमित श्रोत साधन भएपनि स्थानीय तहले सबै क्षेत्रको खेलाडीलाई समान रुपमा हेर्ने बताए । चिसंखुगढी गाउँपालिका १ का वडाध्यक्ष उषक कटुवालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लोक मणी खनाल, वडा नम्बर २ का वडाध्यक्ष नरेन्द्र बस्नेत, ३ का वडाध्यक्ष भीष्म श्रेष्ठ, ४ का कार्यबहाक वडाध्यक्ष राजिव कटुवाल, ५ का वडाध्यक्ष अनिल भट्टराई लगाययत अन्य जनप्रतिनिधिहरुको सहभागिता रहेको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए ।

आगामी आईतबार सम्म सञ्चालन हुने प्रतियोगितामा ९ टिमको सहभागीता रहेको छ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने टिमलाई क्रमश नगद ४० हजार, ३० हजार र २० हजारको साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने सान्त्वना हुने टिमलाई प्रमाणपत्रको साथमा नगद १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार