माप्यदुधकोशीमा जारी पुरुष भलिबल : वडा नं ५ प्रथम

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु -सोलुखुम्बुको माप्यदुधकोशीमा वडा स्तरीय खुल्ला भलिबलको उपाधी वडा नम्बर ५ ले जितेको छ ।

अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङशिल्ड अन्तरगत खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा वडा नम्बर ७ लाई पछि पार्दै ५ नम्बर वडा प्रथम भएको हो ।

त्यस्तै वडा नम्बर ६ तेस्रो स्थानमा ओगट्न सफल भएको आयोजकले जनाएको छ । ३ नम्बर वडा अध्यक्ष अमित राईका अनुसार वडा स्तरीय खुल्ला महिला तथा पुरुष भलिबलतर्फ पहिलो, दोश्रो र तेश्रो हुने टिमलाई क्रमश नगद रु.३० हजार, २० हजार र १५ हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

खेलमा १५ टिम खेलाडीको सहभागिता रहेको थियो । गाउँपालिकाको आयोजनामा गत सोमबारबाट वडा नम्बर ४ स्थित रंगशालामा सुरु भएको खेल भोलि शुक्रबार सम्पन्न हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार