थुलुङ दुधकोशीको रन्देपुमा स्वास्थ्य इकाई उद्घाटन

  हिमाल समाचार
161 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–६ रन्देपुमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएको छ । रन्देपुसहित वडा नम्बर २, ४, ५ र ७ को तल्लो क्षेत्रका नागरिकहरुलाई लक्षित गरि स्थानपना गरिएको इकाई आज (सोमबार)बाट सञ्चालनमा आएको हो ।

सो इकाईको सोमबार गाउँपालिका अध्यक्ष असिम राईले एक कार्यक्रमका बिच उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राईले भौगोलिक बिकट्ता र नागरिकको स्वास्थ्य संबेदनसिलतालाई केन्द्रमा राखेर सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा ल्याइएको बताए ।

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै उनले वडा नम्बर ६ को रन्देपु, सहित वडा नम्बर २, ४, ५ र ७ को तल्लो क्षेत्रका नागरिकहरु लाभान्वित हुने बताए ।

वडा नम्बर ६ का अध्यक्ष महेन्द्रदिप राईको अध्यक्षतामा भएको उक्त उद्घाटन कार्यक्रममा बोल्दै सामाजिक बिकास समिति संयोजक बुद्धिराज राईले निर्वाचनको बेला गरिएको एउटा प्रतिवद्वता पूरा भएको भन्दै खुसी व्यक्त गरे ।

यस्तै वडा अध्यक्ष महेन्द्रदिप राईले वाडावासी नागरिकलाई स्वास्थ सेवाको पहुँचमा पुर्याउन सफल वनाउन सहयोग गर्नुहुने पालिका प्रमुख र जग्गादाता सहितलाई धन्यवाद ज्ञापन गरे ।

सेवा संचालनमा आएसङ्गै स्थानीयवासी हर्षित भएका छन । सामान्य स्वास्थ्य जाँच तथा औषधि लिनको लागि घन्टौं हिड्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय लिला बस्नेतले बताए । उक्त सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनको लागि लिला बस्नेतले नै करिब २ रोपनी जग्गा निशुल्क रुपमा उपलब्ध गराएकोे पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार