सोलुखुम्बुसहितका तामाङ समुदायले आज सोनाम ल्होछार मनाउँदै

  हिमाल समाचार
560 Shares

सोलुखुम्बु– हिमाली जिल्ला सोलुखुम्बुसहितका तामाङ समुदायले आज सोनाम ल्होछार धुमधामका साथ मनाउँदै छन् । तामाङ समुदायले नयाँ वर्षको रुपमा विशेष कार्यक्रम गरी मनाउँदै छन् ।

हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । आजैदेखि सुँगुर वर्ष पूरा भई मुसा वर्ष सुरु भएको मानिन्छ ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ । सोनाम ल्होसारको अवसरमा आज देशैभर सार्वजनिक बिदा दिइएको छ । वास्तवमा नेपाल विविधताले भरिपूर्ण राष्ट्र हो ।

शताब्दीयौँदेखि विश्वका विविध उद्देश्यका नागरिकलाई नेपालले सधैं आकर्षित गरिरहेको छ । विभिन्न जातजातिका कला संस्कृति, भेषभुषा, भाषा, खानपान बाह्य पर्यटकका लागि आकर्षणका केन्द्र बन्दै आएका छन् ।

सायद नेपालमा जति चाडपर्व अरू देशहरूमा छैनन् । फेरि नेपालीहरू जुन समुदायको पर्वमा पनि सामूहिक रूपमा मनाउने प्रचलन बढ्दै जान थालेको छ । सोही कारण पनि नेपाल सरकारले सोनाम ल्होछार पर्वमा सार्वजनिक बिदा दिएको छ । ल्होसार पर्वहरू प्रारम्भमा जातीय पर्वका रूपमा मात्र सीमित रहेका थिए ।

तर यी पर्वहरू विस्तारै आम नागरिकका पर्वमा रूपान्तरण भएका छन् । ल्होछार पर्वहरू एकातिर राष्ट्रिय उत्सवका रूपमा विकसित भएकमा छन् भने अर्काेतिर नेपालीले टेकेको विश्वको कुनै पनि भूभागमा विस्तार भइरहेको छ ।

यसबाट नेपालको संस्कृतिको परिचय र भाइचारा सम्बन्ध समेत बढिरहेको छ भन्दा हुन्छ । यति मात्र होइन यस्ता चाडपर्वले राष्ट्रिय एकता सुदृढ पार्न तथा जातजातिबीच सामाजिक सद्भाव कायम गर्न भूमिका समेत खेलेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार