सोलु : ६३ वर्षीया वृद्धालाई करणी गरेको आरोपमा कार्की पक्राउ

  हिमाल समाचार
9.9k Shares

सोलुखुम्बु – सोलुखुम्बुमा एक वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा थुलुङ दुधकोशी गाउँपालिका ३ का ५० वर्षीय तेज बहादुर कार्की रहेका छन् ।

करिब ५ दिन अघि एक ६३ वर्षीया बृद्धालाई जबरजस्ती करणी गरेको भन्दै परेको जाहेरीको आधारमा कार्कीलाई आज शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार कार्कीलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

वृद्धाको जिल्ला अस्पताल फाप्लुमा चेकजाँच गरिएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार