ठप्प बनेको सोलु-काठमाडौ जिप सेवा सुचारु

  हिमाल समाचार
3.6k Shares

सोलुखुम्बु- सोलुखुम्बु- काठमाण्डौ जिप सेवा भोलि (सोमबार) बाट नियमित सुचारु गर्ने भएको छ ।

जिपको हुट हटाउने विषयमा असहमती जनाउँदै यातयात व्यवसायीहरुले आज (आइतबार) ठप्प पारेको लामो दुरीको जिप सेवा भोलिबाट सुचारु गर्ने सहमति भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी(सिडिओ), प्रहरी नायब उपरीक्षक(डिएसपी), ट्राफिक प्रहरी इन्चार्जसहित यातायात व्यवसायी संघको उपस्थितिमा भएको छलफलमा अर्को निर्णय नभए सम्मका लागि हालको हुट नहटाउने सहमति भएको छ ।

यद्यपि उक्त हुटमा व्यवसायिक सामाग्री बाहेकका यात्रुका हल्का लकेजहरु मात्रै लगाउनु पर्ने बताएको छ ।

यससगै भोलिबाट सम्पुर्ण जिपहरुले नियमित रुपमा यातायात सेवा सुचारु हुने दुधकोशी यातायात प्रालिका अध्यक्ष दोर्जी शेर्पाले बताए । जिल्लाबाट दैनिक कम्तीमा १८ वटा सम्म जिप काठमाण्डौँका लागि छुट्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार