उपयोगविहीन फाप्लु विमानस्थल मुख्यद्वार बारे सोलु प्रशासनको चासो

  हिमाल समाचार
217 Shares

सोलुखुम्बु – सोलुखुम्बुको फाप्लु विमानस्थलमा वर्षौदेखि उपयोगविहीन मुख्यद्वारको विषयमा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले चासो दिएको छ । करोडौँ लगानीमा निर्मित विमानस्थलको गेट प्रयोगविहीन बनेको समाचार बाहिएसँगै प्रशासनले गम्भीर चासो व्यक्त गरेको हो ।

कार्यालयले प्रवेशद्वार उपयोगमा आउन नसक्नुको कारण र आवश्यक कागजातसहित उपस्थित हुन नेपाल नागरिक उड्ययन प्राधिकरण फाप्लुलाई पत्राचार गरेको छ । नागरिकको सहजताका लागि निर्माण गरिएको संरचना उपयोगविहीन हुँदा समेत सम्बन्धीत कार्यालय मौन बसेकाले तत्काल सुचारु गराउन प्रकृया थाल्न समेत निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त भट्टराईले बताए ।

आफुले आवश्यक सबै कागजात झिएइकाले कम्जोरी पाइए अख्तियारमा कागजात पठाउने सिडिओ भट्टराईले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणको ८ करोड ७८ लाखको लागतमा २०७७ सालमा निर्माण गरिएको विमानस्थलको मुख्यद्वार वर्षौदेखि प्रयोगविहीन छ ।

विमानस्थल भित्रिने र बाहिरिने द्वार प्रयोग नहुँदा हवाइयात्रु सागुँरो मार्ग प्रयोग गर्न बाध्य छन् । विमानस्थलमा ठुला समाग्रीहरु प्रवेश गराउनुपर्ने वा निकाल्नुपर्ने अवस्थामा कठिनाइ हुने गरेको यात्रुहरु बताउछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार