ऐसेलुखर्कमा सवारी भाडा मनोमानी, ठगिदै यात्रु

खोटाङको ऐसेलुखर्क गाउँपालिका भित्र सञ्चालित सवारी साधनले मनोमानी भाडा लिदा यात्रु मारमा परेका छन् ।

भर्खरै सडक सञ्जाल विस्तार भईरहेको ऐसेलुखर्कको विभिन्न वडा तथा टोलबाट यात्रुहरु बोक्ने टाटा सुमो तथा अटोले आफुखुसी भाडा लिदा यात्रु ठगिने क्रम बढेको हो । जसमा कारण सबै भन्दा बढी बृद्धबृद्धा तथा अशक्तहरु मारमा परेको यात्रुको गुनासो छ ।

सवारीले सिट क्षमताभन्दा बढी यात्रु लगाउने तथा भाडा समेत आफुखुसी लिन थालेपछि नियन्त्रणको आवश्यकता रहेको ऐसेलुखर्क गाउँपालिका २ बाकाचोलका मनकुमार राईले बताए ।

बाकाचोलबाट ऐसेलुखर्क हिँडेर जाँदा एक घण्टा लाग्ने दुरीमा ५ सय रुपैया सम्म भाडा लिने गरेको उनको गुनासो छ । केही समय अघि भाडा निर्धारण गर्ने सवालमा ऐसेलुखर्कमा सामन्य छलफल भएपनि त्यस यता कुनै पहल हुन नसकेको स्थानीयले गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार