चिशंखुगढीमा सम्पन्न अध्यक्ष कपको उपाधि आयोजकलाई

  हिमाल समाचार
735 Shares

सोलुखुम्बु – ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा सञ्चालित अध्यक्ष कपको उपाधि आयोजकले जितेको छ । विहिबार सम्पन्न फाईनल खेलमा रावाबेँसी गाउँपालिका खोटाङलाई हराउदै चिशंखुगढी गाउँपालिका ओखलढुङ्गाले उपाधि जितेको हो ।

चिशंखुगढीले रावाबेँसीलाई ३–१ सेटमा हराएको थियो । प्रतियोगितामा मोलुङ गाउँपालिका तेश्रो भएको छ भने ऐसुलुखर्क गाउँपालिका खोटाङले सान्तोना स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्तवना स्थान ओगट्न सफल प्रतियोगिहरुलाई क्रमश नगद १ लाख ५५ हजार ५५५, १ लाख ११ हजार १११, ७७ हजार ७७७ र ३३ हजार ३३३ को साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

गत सोमबार देखि सञ्चालन भएको खेलमा विभिन्न विधामा उत्कृष्ट भएका खेलाडीहरुलाई नगद पाँच हजार सहित प्रमाण पत्र प्रदान गरिएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले जानकारी दिए ।

यसै अवसरमा राष्ट्रिय खेलाडी भएका गाउँपालिकाबासी खेलाडीहरुलाई समेत सम्मान गरिएको अध्यक्ष शर्माले बताए । सोमबारदेखि ४ दिन सम्म खानीभञ्ज्याङ्ग खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा विभिन्न सात पालिकाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार