सोलुदुधकुण्डमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  हिमाल समाचार
2.5k Shares

सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा स्थित गार्मा माविमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरिएको छ । नगरपालिकाको आयोजनामा भएको खेलको शुक्रबार जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौला र मेयर नाम्गेल जांबु शेर्पाले उद्घाटन गरेका हुन् ।

खेलक्षेत्रको विकासका लागि सरकारले ध्यान दिनुपर्ने जिसस प्रमुख निरौलाले बताए । स्थानिय सरकारको प्राथमिकतामा खेल परेको मेयर नाम्गेल जांबु शेर्पाले बताए । प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले स्वास्थ्य र राष्ट्रका लागि खेलले ठुलो योगदान पु¥याउने भएकाले यसलाई अझै व्यवस्थित गरिनुपर्ने बताए ।

सोलुदुधकुण्ड नगरपलिकाका उपमेयर गान्धिमाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत कोपिला राई लगायतले खेल सफलताका लागि शुभकामना दिए । वडाध्यक्ष तथा गार्मा मावि व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको अध्यक्षतमा भएको कार्यक्रममा विभिन्न स्थानका जनप्रतिनिधि, प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । रनिङ शिल्डमा नगरपालिका भित्रका १४ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरु सहभागी छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार