माप्यमा खेलकुद प्रतियोगिताको उद्घाटन

  हिमाल समाचार
497 Shares

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा विभिन्न प्रतियोगिताको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले माप्यदुधकोशी गाउँपालिका १ जुभिङमा आयोजना गरिएको खुल्ला भलिबल महिला तथा पुरुष भलिबल, पुरुष ब्याटमिन्टन, म्याराथुन प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

जुभिङ युथ क्लबको आयोजनामा भएको प्रतियोगितामा माप्यदुधकोशी गाउँपालिका १, खुम्बु पासाङल्हामु गाउँपालिका १ र सोलुदुधकुण्ड नगरपालिका १ स्तरिय खुल्ला कविता प्रतियोगिता हुने छ । फागुन १० गते सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष गौरब राई लगायतको उपस्थिती रहेको आयोजकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार