सोलु दुधकोशी जलविद्युत आयोजनाबाट सुख्खा याममा ३० मेगावट विद्युत उत्पादन

  हिमाल समाचार
882 Shares

सोलुखुम्बुमा निर्माण सम्पन्न्न भएको ८६ मेगावट क्षमताको सोलुदुधकोशी आयोजनाले हिउँद याममा ३० मेगावट मात्रै विद्युत उत्पादन गर्न सक्ने प्रक्षेपण गरिएको छ

। परिक्षणमा रहेको आयोजनाले अहिले परिक्षण उत्पादन तथा प्रसारण गरिरेहको छ । सोलुखोलामा पानीको मात्रा कम रहेको कारण अहिले हिउँदको समयमा ३० मेगावट सम्म विद्यूत उत्पादन भएको आयोजना उत्पादक प्रवद्र्धक साहास उर्जाका प्रमुख हिम पाठकले हिमाल एफ.एमलाई जानकारी दिए ।

अहिले २७ मेगावट देखि ३० मेगावटसम्म विद्यूत उत्पादन भईरहेको उनले बताए । सुख्खायाममा अहिले यति क्षमताको विद्युत उत्पादन गर्न सक्नु सकारात्मक कुरा रहेको प्रमुख पाठकको भनाई छ ।

यो आयोजना निजी क्षेत्रले निर्माण सम्पन्न गरेको सबैभन्दा ठूलो र देशको तेस्रो ठूलो आयोजना हो । आयोजनाको विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिङलास्थित लम्माने सबस्टेसनमा जोडिएको छ । विद्युतगृहदेखि सबस्टेसनसम्मको आवश्यक १२ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार