सोताङमा १४५ जनाको रक्त समुह पहिचान

  हिमाल समाचार
259 Shares

सोलुखुम्बुको सोताङ गाउँपालिकाका १ सय ४५ जनाको रक्त समुह पहिचान गरिएको छ । सोताङ गाउँपालिका स्वास्थ्य शाखा र जय नेपाल युवा क्लबद्धारा आयोजित बृहत रक्त समुह पहिचान कार्यक्रम अन्तरगत शुक्रबार १ सय ४५ जनाको रक्त पहिचान गरिएको हो ।

१८ वर्षदेखि ४० वर्ष उमेर समुहका नागरिकहरुको रक्त पहिचान गरिएको क्लबका अध्यक्ष प्रमोद नाछिरिङ राईले बताए । केही समय अअघि मात्रै सोताङ गाउँपालिकाकी एक जना सुत्केरीले रगत अभावकै कारण ज्यान गुमाउनु परेको थियो ।

बिरामीहरुलाई जुनसुकै समयमा पनि रगतको आवश्यक्ता पर्ने भएकाले आकस्मिक रगत अपलब्ध गराउने उदेश्यका साथ पहिलो चरणको रक्त समुह पहिचान कार्यक्रमको आयोजना गरेको अध्यक्ष राईको भनाई छ ।

आवश्यक्ता अनुसार रक्त पहिचान कार्यक्रमलाई निरन्तरता दिईने जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार