सोताङ गाउँपालिका अध्यक्ष कप नेचासल्यान २ को पोल्टामा

सोलुखुम्बुको सोताङ गाउँपालिका जारी प्रथम अध्यक्ष कप नेचासल्यान गाउँपालिका २ ले उचालेकोे छ । अध्यक्ष कप अन्तरगत भएको भलिबल प्रतियोगितामा सोताङ गाउँपालिका वडा नम्बर ३ लाई पछि पार्दै नेचासल्यान दुईले अध्यक्ष कप आफ्नो पोलटामा पारेको हो ।
सोताङ ३ द्धितिय भएको छ, भने सोताङ १ तृतिय बनेको छ । सोताङ गाउँपालिका ५ बि सान्तवना भएको छ । त्यस्तै, महिला तर्फ माप्यदुधकोशी गाउँपालिका ७ प्रथम, माहाकुलुङ गाउँपालिका १ द्धितिय, माप्यदुधकोशी ६ तृतिय र महाकुलुङ गाउँपालिका २ सान्तवना स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगितामा प्रथम, दितिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमश ७५ हजार, ५० हजार, ३० हजार २० हजार नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै, गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डमा वीरेनद्र ज्योति माविले शिल्ड हात पारेको छ । विद्यालयले ६ स्वर्ण, ६ रजत, र ३ कास्य प्राप्त गरेको हो ।
हुंगा माविले ६ स्वर्ण, ४ रजत २ कास्य पप्त गरि द्धितिय बनेको छ । ३ स्वर्ण, ३ रजत, ४ कास्य सहित बखपलम मावि तृतिय र २ स्वर्ण, ४ रजत र ३ कास्य सहित सान्त्वना स्थान हासिल गरेको गाउँपालिका प्रबक्ता बलुकुवीर राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार