नेचासल्यानमा लोकनृत्य तथा कविता वाचन प्रतियोगिता

दियालो साहित्य सरगम र मित्रलाल शर्मा स्मृति पुस्तकालयले सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा लोकनृत्य प्रतियोगिता तथा कविता वाचन प्रतियोगिता गरेको छ । नेचासल्यान गाउँपालिकाको आर्थिक सहयोगमा केदार माध्यमिक विद्यालयमा बुधबार लोकनृत्य र बिहिबार कविता बाचन प्रतियोगिता आयोजना गरिएको हो ।

बुधबार भएको लोकनृत्य तथा कविता वाचन प्रतियोगिताको पहिलो दिन फागुन २४ गते सम्पन्न गाउँपालिकास्तरीय अन्तर विद्यालय (कक्षा ७–१२) लोकनृत्य प्रतियोगितामा लोकनृत्यतर्फ केदार मावि प्रथम महेन्द्रोदय मावि द्वितीय र हिमाल दर्शन मावि तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।

उत्कृष्ट भेषभूषातर्फ श्री विपि मावि, सल्यान र उत्कृष्ट नृत्य निर्देशनतर्फ गणेस्थान मावि, गैरीले आफ्नो स्थान सुरक्षित गर्न सफल रहेको आयोजकले जनाएको छ ।

बिहिवार सम्पन्न कविता बाचन प्रतियोगितामा हिमालदर्शन मावि नेचाका सञ्जीव भण्डारी प्रथम, महेन्द्रोदय मावि सल्यानकी लक्ष्मी काफ्ले द्वितीय, केदार मावि नेचाका सिमन राई तृतीय र विपी संस्कृत मावि सल्यानकी प्रतिभा काफ्लेले सान्त्वना स्थान हासिल गर्न सफल भएको जनाइएको छ । प्रतियोगितामा प्राज्ञ धिरेन्द्र प्रेमर्षि र कवि घिमिरेले निर्णायकको भूमिका निभाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार